
काठमाडौं । कम्युनिस्ट पार्टीहरु एक भएर अघि बढ्नुको विकल्प नभएको नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले बताएका छन् । एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एक भएर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।
‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । इतिहासले सावित गरेको छ, कम्युनिस्टहरूमात्रै देशभक्त हुन्छन्,’ उनले भनेका छन्,‘ मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने शक्ति भनेको कम्युनिस्ट नै हो ।’
उनले कम्युनिस्टहरू एक नभइ समाजवादी प्रणाली स्थापना गर्न पनि नसकिने बताए ।
यसअघि भएका कम्युनिस्ट एकतालाई निरन्तरता दिन नसकेको बताउँदै उनले त्यसबाट पाठ सिकेर अघि बढ्नु पर्ने बताए ।
























