विराटनगरमा जलाइयो ३ वर्ष अघिदेखिको गाँजा

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १७:४७

विराटनगर । प्रहरीले ३ वर्ष अघिदेखि बरामद गरेको ठूलो परिमाणको गाँजा शनिबार दिउँसो विराटनगरमा जलाएर नष्ट गरिएको छ ।

आर्थिक वर्ष २०७८–०७९ देखि चालु आर्थिक वर्ष २०८२–०८३ को हालसम्म इलाका प्रहरी कार्यालय रानी र मातहतका युनिटहरुले बरामद गरेको गाँजा आगो लगाएर नष्ट गरिएको हो । प्रहरीले ३ वर्ष अघिबाट विभिन्न समय र स्थानमा बरामद गरेको गाँजा एक ठाउँमा जम्मा गरेर राखेको थियो ।

विराटनगर महानगरपालिका–१६ दरैयामा आगो लगाएर ३ हजार किलो तयारी गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई, जिल्ला अदालत मोरङका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.