एमाले बैठक: विधान संशोधनमा छलफल

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार ११:५९

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टीको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज (शनिबार) भृकुटीमण्डपमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो। यो बैठक वर्तमान केन्द्रीय कमिटीको कार्यकालको अन्तिम बैठक हो।

एमाले नेता महेश बस्नेतका अनुसार बैठकमा पार्टीको विधान संशोधन, मुलुकको समसामयिक राजनीतिक परिस्थिति र महाधिवेशनको बन्दसत्रका कार्यक्रमहरू बारे महत्त्वपूर्ण छलफल हुनेछ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमालेको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ। बिहानै सुरु गर्ने तयारी गरिए पनि बन्दसत्र भने दिउँसो १ बजेका लागि सारिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.