
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार यो बैठक सोमबार बिहान ९ बजेका लागि पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।
बैठकले हालै निधन भएका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनको शोक प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा रहेको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ।

























