नेकपा एमालेको विधान संशोधन: पदाधिकारी अब १९ जना

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १४:४४

काठमाडौँ । नेकपा (एमाले) को एघारौं महाधिवेशन सुरु हुनुअघि बसेको दशौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले तीन महिनाअघि पारित भएको विधानलाई संशोधन गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अब केन्द्रीय कमिटीबाट पारित उक्त निर्णय महाधिवेशनको हलमा प्रस्तुत हुनेछ ।

संशोधित विधानअनुसार अब पदाधिकारीको कुल सङ्ख्या १९ कायम हुनेछ । यसअघि भदौमा विधान महाधिवेशनले पदाधिकारी सङ्ख्या घटाएर १५ बनाउने निर्णय गरे पनि अन्तिममा नघटाइएको हो ।

नयाँ संरचनामा अध्यक्ष १, महासचिव १ र उपमहासचिव ३ जना यथावत राखिएको छ । तर, उपाध्यक्षको सङ्ख्या ६ बाट घटाएर ५ बनाइएको छ, भने सचिवको सङ्ख्या ७ बाट बढाएर ९ पुर्‍याइएको छ । यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद भने हटाइएको छ । केन्द्रीय कमिटीको फ्लोर खुल्ला भएपछि केही नेताहरूले विरोध जनाए पनि बहुमतले यो प्रस्ताव पारित गरेको नेताहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.