
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा करिब ५ प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरेकाे छ । ४० वर्ष मुनिका युवाका लागि करिव ५ प्रतिशत काेटा सुनिश्चित गरेकाे हाे ।
एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक–एक जना युवा आउनेछन् । एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् ।
खुला तर्फ युवाका लागि २, जनजाति आदिवासीतर्फ युवा २, मधेशीतर्फ युवा २ र दलिततर्फ युवा १ जनाकाे काेटा छुट्याइएकाे छ । ३०१ सदस्यीय केन्द्रीय समितिमा युवा १५ जना हुनेछन् ।
केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठेको थियो ।
























