
काठमाडौं । नेकपा (एमाले) का नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
एमालेको प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका गौतमले ओली समूहबाट पदाधिकारीमा दाबी गरेका थिए । प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
‘पार्टीका नेताहरूको, कार्यकर्ताको सुझाव र सल्लाहलाई ध्यानमा राखेर केपी शर्मा नेतृत्वको समुहलाई हार्दिकता बहुमतले विजयी गराउन अपिल गर्दै उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ ।
खुला केन्द्रीय सदस्यमा भने उनको उम्मेदवारी कायम रहेको छ ।
























