
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज साँझ ७ बजेबाट मतदान हुने भएको छ । विद्युतीय मेसिनबाट मतदान हुनेछ ।
पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी दिएको हो । मतदानको अवधि मध्राती १ बजेसम्म चल्ने भनिएको छ ।
एमाले नेतृत्वका लागि केपी शर्मा ओली र इश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् ।
























