एमाले महाधिवेशनः सुरु भयो मतदान

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २, बुधबार ०९:४१

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि ढिला गरी मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गरेका छन् ।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो । यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका थियो । प्राविधिक समस्याका कारण आज मात्र मतदान भएको हो ।

देशभरबाट आएका २ हजार २६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदहरूका लागि मतदान गर्ने छन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.