एमाले महाधिवेशनः ज्योति मगरको सक्रियताले थपेको ‘रौनक’

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २, बुधबार ०९:४७

काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सांगीतिक क्षेत्रकी चर्चित गायिका ज्योति मगरको सक्रियताले सबैको ध्यान तानेको छ । बुधबार बिहानैदेखि मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरूमाझ पुगेर उनी चुनावी प्रचारप्रसारमा व्यस्त देखिएकी छिन्।

मगर आफैँ महाधिवेशन प्रतिनिधि होइनन् तर उम्मेदवारका लागि मत माग्न भृकुटीमण्डप पुगेकी हुन् । उनले आदिवासी जनजाति (खुला) तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरुङका लागि भोट मागिरहेकी छिन्।

मङ्गलबार पनि महाधिवेशन स्थलमा उनी सक्रिय देखिएकी थिइन् । त्यस क्रममा उनले अबको नेतृत्वमा युवाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्ने भन्दै एमाले राजनीतिमा आफ्नो चासो र समर्थन व्यक्त गरेकी थिइन् ।

सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाएकी ज्योति मगरको उपस्थितिले मतदानको पर्खाइमा रहेका प्रतिनिधिहरूमाझ थप रौनक थपेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.