संसद पुनर्स्थापनाको पक्षमा उभिए डाक्टर शेखर काेइराला

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २, बुधबार १८:११

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पनि संसद पुनर्स्थापनाको पक्षमा उभिएका छन् । पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरे पनि उनले घाेषित मितिमा निर्वाचन नभए संसद पुनर्स्थापना हुनुपर्ने बताएका हुन् ।

कोइरालाले तोकिएको मिति फागुन २१ मा निर्वाचनकाे सम्भावना पनि नदेखिएकाे बताएका छन् । निर्वाचन नभए देशमा संवैधानिक संकट आउन सक्ने उनले बताए । “चुनाव नहुने हो भने संसद पुनर्स्थापनाको माग अगाडि बढेर जान्छ,”कोइरालाले भने,”अहिलेको सरकार संविधान अनुसार बनेको होइन, यदि संविधानलाई अझै ‘डिरेल’ गर्दै जाने हो भने देशको अवस्था के हुन्छ भन्ने बुझ्न जरुरी छ। त्यसकारण संसद पुनर्स्थापना भएर अगाडि जानुपर्छ।”

उनले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा भाग लिने केन्द्रीय समितिको निर्णयलाई भने आत्मसात् गर्ने बताए । “हामीले निर्वाचनमा भाग लिने भनेका छौँ, उनले भने,’तर व्यक्तिगत स्वतन्त्रताको ख्याल गर्दै सांसदहरू सर्वोच्च अदालत जानुलाई अन्यथा लिनु हुँदैन।”

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.