प्रश्र : कांग्रेसको महाधिवेशन कहिले हुन्छ ? शेखर काेइरालाकाे जवाफ : ‘अलिकति ‘उ’ नै हुन्छ’

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २, बुधबार १८:३२

विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन तोकिएकै मितिबाट सर्ने सम्भावना रहेको बताएका छन् । क्रियाशील सदस्यता वितरणमा देखिएको विवादका कारण महाधिवेशन मिति पर धकेलिन सक्ने उनको भनाइ छ ।

‘सिरियल नम्बर नभएको क्रियाशील सदस्यता फारम स्वीकार्य हुँदैन भनेर हामीले सभापतिजीलाई भनिसकेका छौँ र त्यो क्यान्सिल पनि भएको छ,’ उनले भने,‘ सिरियल नम्बर नभएको फारम कसैले नभर्नुहोला, नयाँ फारमहरू छिट्टै साथीहरूको माझमा आउनेछन् ।’

महाधिवेशनको मिति सर्ने हल्लाको विषयमा उनले धेरै चिन्ता नलिन आग्रह गरे । ‘अहिले त्यो नसोचौँ न, हामी समयमै गरौँ भन्ने हो, तर क्रियाशीलमा सिरियल नम्बर नै नभएको क्रियाशील भरेर त तोकिएको मितिमा गर्छु भनेर भन्नु पनि अलिकति ‘उ’ नै हुन्छ,’ उनले भने, ‘सिरियल नम्बरवाला आउँछ फेरि क्रियाशील ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.