ओली ८४३ मत, पोखरेल २९६

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १२:२६

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको मतगणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुवाती अग्रतालाई झन् फराकिलो बनाउँदै लगेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अध्यक्ष पदमा ओलीले ८४३ मत प्राप्त गर्दा अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत पाएका छन् ।

उपाध्यक्ष

अरुण नेपाल : २२३
गुरुप्रसाद बराल : ५८५
गोकर्णराज विष्ट : ७१३
टकंप्रसाद कार्की : १८६
पर्शुराम गुरुङ्ग : ३३४
पृथ्वी सुब्बा गुरुङ : ९००
भीमप्रसाद आचार्य : १४३
रघुजी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णुप्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे :५२६

उपमहासचिव

आनन्दप्रसाद पोख्रेल : ३३४
योगेस भट्टराई : ७०९
रघुवीर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुरुषोत्तम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराई : ५८१
लालबाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की :६७२

विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएकाले मतगणना निकै छिटो भइरहेको र अबको केही घण्टाभित्रै सबै पदको अन्तिम परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ। यसअघि २ हजार २६३ कुल मतदातामध्ये ३६ जना भने मतदान प्रक्रियामा अनुपस्थित थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.