कोशी र कर्णालीका मुख्यमन्त्री बने एमाले सचिव

Share this
635shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १४:०१

विराटनगर । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट बहालवाला दुई मुख्यमन्त्रीहरू पार्टीको केन्द्रीय सचिव पदमा निर्वाचित भएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल सचिव पदमा विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार कार्कीले १ हजार ३३७ मत प्राप्त गरेका छन् भने कँडेलले १ हजार १८५ मत पाएका छन्। दुवै नेता अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सचिवको उम्मेदवार बनेका थिए ।

पार्टीको कार्यकारी जिम्मेवारीसँगै प्रदेश सरकारको नेतृत्व गरिरहेका यी दुई प्रभावशाली नेताहरूको जितलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.