यस्तो छ १९ सदस्यीय ‘टिम केपी ओली’

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १४:३५

काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। १९ सदस्यीय पदाधिकारीका लागि भएको प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली समूहको स्पष्ट वर्चस्व देखिएको छ। अध्यक्षमा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका थिए भने दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए।

निर्वाचन परिणाम अनुसार पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्र विजयी हुन सफल भएका छन्। सचिवका सबै ९ पदमा ओली प्यानलकै उम्मेदवारहरू निर्वाचित भएका छन्।

निर्वाचित पदाधिकारीहरू

अध्यक्ष: केपी शर्मा ओली

उपाध्यक्ष (५ जना):

१. पृथ्वीसुब्बा गुरुङ (सर्वाधिक १७३७ मत) २. विष्णु पौडेल ३. रामबहादुर थापा ‘बादल’ ४. गोकर्ण विष्ट (पोखरेल प्यानल) ५. रघुजी पन्त

महासचिव: शंकर पोखरेल

उपमहासचिव (३ जना):

१. लेखराज भट्ट २. रघुवीर महासेठ ३. योगेश भट्टराई (पोखरेल प्यानल)

सचिव (९ जना-सबै ओली प्यानल):

१. महेश बस्नेत (सर्वाधिक १५४४ मत) २. पद्मा अर्याल ३. छविलाल विश्वकर्मा ४. शेरधन राई ५. हिक्मत कार्की ६. खगराज अधिकारी ७. यामलाल कँडेल ८. राजन भट्टराई ९. भानुभक्त ढकाल

केन्द्रीय निर्वाचन आयोगका अनुसार २ हजार २२७ मत खसेको यस निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो। नवनिर्वाचित टोलीले अबको ५ वर्षका लागि एमालेको नेतृत्व सम्हाल्नेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.