निर्वाचन ऐन संशोधनका लागि अध्यादेश सिफारिस

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १७:५७

काठमाडौँ । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ऐनलाई परिमार्जन गर्न अध्यादेश जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्मा पेश भएको उक्त अध्यादेशले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीलाई संशोधन गर्ने लक्ष्य राखेको छ । विशेषगरी दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समुदायको पछिल्लो जनसङ्ख्या प्रतिशतका आधारमा प्रतिनिधित्व निर्धारण गर्नका लागि यो कानुनी व्यवस्था संशोधन गर्न लागिएको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.