आज थुनामुक्त हुँदैछन् रवि लामिछाने

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार ०६:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज शुक्रबार थुनामुक्त हुँदै छन् । उच्च अदालत तुलसीपुरको बिहीबार  छाड्ने आदेश दिएकाे थियाे ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको  थियाे ।

रास्वपाका नेता हरि ढकालका अनुसार रविलाई आज जिल्ला अदालत भैरहवामा उपस्थित गराइनेछ । त्यसपछि प्रक्रिया पूरा गरेर रिहा गरिनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.