आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार ११:२५

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको १५ दिनपछि उनले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार दिउँसो ४ बजे प्रदेश सभाको बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.