उच्च अदालत पाटनमा युवतीद्वारा विष सेवन गरी आत्महत्याको प्रयास

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार ११:२८

काठमाडौँ । उच्च अदालत पाटनमा मुद्दाको फैसला चित्त नबुझेपछि एक युवतीले अदालत परिसरमै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन्।

बिहीबार अदालतले प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश सुनाएलगत्तै करिब ३० वर्षीया ती युवतीले किटनाशक विषादी सेवन गरेकी हुन्। उनलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि पाटन अस्पताल पठाएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी रहेको मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि युवतीले यस्तो कदम चालेको प्रहरी स्रोतले जनाएको छ।

यसअघि काठमाडौँ जिल्ला अदालतले पनि मैनालीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध युवती उच्च अदालत पाटन पुगेकी थिइन्। तर, पाटनले पनि जिल्लाकै आदेशलाई सदर गर्दै धरौटीमा छाड्न अनुमति दिएपछि उनले अदालत परिसरमै बिष सेवन गरेकी हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.