एमाले वुद्धिजीवी टीकाराम पुरीले छाडे पार्टी

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार १३:२२

विराटनगर । नेकपा (एमाले) नेता टीकाराम पुरीले पार्टी छाडेको घोषणा गरेका छन् । पार्टीको कोशी प्रदेश कमिटीका सल्लाहकार रहेका उनले बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन् ।

२०३९ सालदेखि कम्युनिष्ट आन्दोलनमा रहेका पुरी पछिल्लो सयय राजनीतिक नेतृत्वको आलोचना गर्थे । राजनीतिक दलका नेताले राजनीतिलाई पेसा बनाएका कारण भ्रष्टाचार मौलाएको दाबी गर्दै उनले राजनीतिमा लागेका मानिस उत्पादन मुलक पेसा ब्यावसायमा जोडिनुपर्ने बहस चलाइरहेका थिए ।

विराटनगर–५ निवासी पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाएका हुन् । २०३९ सालमा तत्कालीन मालेमा जोडिएका उनले २०४७ सालमा नेकपा एमालेको सक्रिय सदस्यता लिएका थिए ।

निजी तथा संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सनको पूर्वकेन्द्रीय अध्यक्ष पुरी विराटनगस्थित एभरेष्ट स्कूलका सञ्चालक हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.