रास्वपा सभापति रवि लामिछाने कारागारमुक्त

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार १८:३५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारमुक्त भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार दिएको आदेश अनुसार रुपन्देही जिल्ला अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् ।

नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार बिहान चितवन हुँदै भैरहवा पुगेका थिए । अदालतले तोकेको सर्त र प्रक्रिया पूरा गरेसँगै उनी कारागारमुक्त भएका हुन् । यसअघि उच्च अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।  कार्यान्वयनका लागि उनी आज रुपन्देही पुगेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.