मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार २०:०६

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट भारी बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ९२ मत परेको हो ।

मतदानमा सहभागी भएका सबै सांसदहरूले यादवलाई समर्थन गरेपछि प्रस्तावको विपक्ष र तटस्थमा कुनै पनि मत परेन । यसअघि एमालेबाहेकका सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई आजको मतदानमा नेकपा एमालेले समेत विश्वासको मत दिएको छ ।

प्रदेश सभामा उपस्थित सबै सदस्यहरूको सर्वसम्मत समर्थन पाएसँगै मुख्यमन्त्री यादवको नेतृत्व थप मजबुत बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.