विदेश जानेको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार ०९:५८

काठमाडौं । विदेश (वैदेशिक रोजगारी)मा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गरेका हुन् ।

उनले नयाँ वृद्धि गरिएको शुल्क खारेज गर्दै पुरानै यथावत् गराएका छन् । सरकारले यसअघि परीक्षण शुल्क ६ हजार ५ सय रूपैयाँबाट बढाएर ९ हजार ५ सय रूपैयाँ पुर्‍याएको थियो । अहिलेको सरकारले यो निर्णय खारेज गर्दै पुरानै अर्थात ६ हजार ५ सय कायम गरेको हो ।

शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिब र विपन्न अवस्थाका कामदारमाथि भार परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । यसअघि २०८१ मंसिरमा स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरेर ९ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

शुल्क वृद्धिको चौतर्फी आलोचना भयो । आलोचना र विरोधकै कारण कार्यान्वयन प्रक्रिया रोकिएको थियो । गत मंसिरमा पुनः बढाइएको शुल्क मन्त्रिस्तरीय निर्णयबाट खारेज भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.