
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहिद परिवारका लागि लड्ने प्रतिबद्धता जनाएका छन् ।
चितवनबाट काठमाडौं पुगेर शनिबार जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल गर्दै उनले उक्त प्रतिबद्धता जनाएका हुन् । काठमाडौंको बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहिद परिवारसँग उनले छलफल गरेका थिए ।
त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुको हत्या गरिएको आरोप लगाए । उनले सहिद परिवारका लागि सधैं लड्ने बताए । लामिछानेले सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको बताए ।
जेनजी र जेनजी सहिद परिवारको मागलाई पूरा गर्न रास्वपा र आफ्नो ऐक्यबद्धता रहेको जिकिर उनले गरे । लामिछानेका अनुसार सहिद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि गोली हानिएको घटनामा कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेका छन् ।
























