मधेश सभामुखः यादवका पक्षमा सत्तारुढ दलको ह्विप

Share this
609shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ६, आइतबार १२:०४

काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज (आइतबार) निर्वाचन हुँदैछ । यसका लागि सत्तारुढ दलले ह्विप जारी गरेका छन् ।

सभामुख पदका लागि गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवलाई अघि सारिएको छ। उनको पक्षमा मतदान गर्न भन्दै सत्तारुढ दलहरुले आ–आफ्नो संसदीय दलमार्फत ह्विप जारी गरेका हुन् ।

सभामुखमा नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले समेत उम्मेदवारी दर्ता गराएका छन् । यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक छन्।

त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.