‘मनपरी कानुन बनाएर भ्रष्टाचारलाई मलजल’

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ६, आइतबार १३:२८

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले मन्त्री र सचिवले आफूखुसी मनपरी रुपमा ऐन र प्रत्यायोजित विधायन बनाउन सक्ने अवस्थाले भ्रष्टाचारलाई मलजल गरेको बताएका छन् ।

विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रत्यायोजित विधायनको दुरुपयोग नै सुशासनको बाधक भएको विष्टको भनाइ छ ।

‘मन्त्री र सचिववले आफूखुसी कानुन र प्रत्यायोजित विधायन बनाउने वातावरणले सुशासन भएन र भ्रष्टाचार मौलायो,’ उनले भने, ‘कानुनअन्तर्गत बन्ने नियम, नियमावली, विनियमावलीको दुरुपयोग रोक्न विधायन एन २०८१ बनाएको हो । तर यसको कार्यान्वयन सन्तोषजनक छैन ।’

कानुनभन्दा माथि प्रत्यायोजित विधायनजस्तो हुने गरेको भन्दै उनले जबसम्म ऐनभन्दा माथि नियमावली बन्ने वातावरण रहिरहन्छ तबसम्म सुशासन नहुने उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.