थपियो छानबिन आयोगको म्याद

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ६, आइतबार १५:४४

काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थप गरेको छ । घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन थप एक महिनाको समय दिएको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वमा रहेको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

सरकारले गत ५ असोजमा आयोग गठन गर्दै जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन महिनाको समय दिएको थियो। तर आयोगले अहिलेसम्म काम पूरा गरेको छैन ।

आयोगले घटनाका विषयमा सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान लिइसकेको छ । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको भने बयान लिन सकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.