जसपाका रामआशिष यादव मधेशको सभामुख

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ६, आइतबार १६:३५

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव मधेश प्रदेशसभाको सभामुख बनेका छन् । उनी ७ दलीय गठबन्धनबाट उम्मेदवार थिए ।

मधेश प्रदेशसभा बैठकमा आइतबार भएको मत विभाजनमार्फत ७२ मत प्राप्त गर्दै यादव निर्वाचित भएका हुन् । ९६ सांसद उपस्थित रहेकामा विपक्षमा भने २४ मत परेको थियो ।

सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव सभामुखमा निर्वाचित भएको घोषणा गरेकी हुन् । नेकपा (एमाले)बाट त्रिलोकीप्रसाद यादव उम्मेदवार दिए ।

सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट दोस्रोपटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारी उनले सम्हाल्दै आएका थिए ।

यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई ७ दलीय गठबन्धनले पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुईतिहाइ बहुमतबाट पदमुक्त गराएका थिए । मण्डल पदमुक्त भएसँगै मधेशमा सभामुख पद रिक्त थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.