
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
काठमाडौं–४ का नेता–कार्यकर्तासँग अन्तरक्रिया गर्दै महामन्त्री थापाले यस्तो घोषणा गरेका हुन् । उक्त क्षेत्रबाट थापा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । छलफलमा थापाले आफू पार्टीको सभापति पदमा विजयी हुने दाबी पनि गरेका थिए ।
थापाले महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने अवसर भएको पनि उल्लेख गरे । अहिले क्रियाशील सदस्यको काम ढिला भएको भन्दै उनले आपत्ति जनाए ।
महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको उनको भनाइ छ । थापाले नियमित वा विशेष अधिवेशन हुनै पर्ने बताउँदै महाधिवेशनबिना कांग्रेस निर्वाचनमा नजाने बताए ।
























