
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा आज (मंगलबार) पनि जेनजी समूहहरुले प्रदर्शन गरेका छन् । आफुहरुको माग पूरा नभएको भन्दै उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
सोमबार भएको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले दमन गरेको भन्दै संयुक्त जेनजी आन्दोलनले आपत्ति जनाएको थियो । सोमबार मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई पक्राृउ गरेको थियो । पछि छाडेको थियो ।
संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गाना र आन्दोलन कमान्डर सुनिल सिंहले प्रेस विज्ञप्ति जारी गर्दै सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका थिए ।
जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म आन्दोलन अझ सङ्गठित र सशक्त रूपमा निरन्तर अघि बढ्ने उनीहरुले बताएका छन् ।

























