निर्वाचन तोकिएकै समयमा हुने मन्त्री खरेलको दाबी

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ८, मंगलबार १३:४३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयका हुने दाबी गरेका छन् । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन कुनै पनि हालतमा नसर्ने उनको भनाइ छ ।

सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको टोलीसहित आज ((मंगलबार) नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा पुगेका मन्त्री खरेलले निर्वाचनको विकल्प खोज्ने समय नरहेको बताएका हुन् ।

उनले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट नै समयमै निर्वाचन गराउनु रहेकाले सरकार सोही लक्ष्यमा केन्द्रित रहेको उल्लेख गरे । सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र फागुन २१ मा निर्वाचन सुनिश्चित गर्ने जिम्मेवारी नै वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको उनले बताए ।

निर्वाचनको वातावरण बनाउन सरकारले प्रमुख राजनीतिक दलहरूसँग निरन्तर संवाद र छलफल गरिरहेको पनि उनले बताए । जनीतिक वार्ता समितिले सानेपा पुगेर आन्दोलनका क्रममा भएका भौतिक क्षतिको निरीक्षण गर्नुका साथै कांग्रेस नेताहरूसँग चुनावी सुरक्षा र सहकार्यका विषयमा वार्ता गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.