बाबु र छोरा फरक पार्टीबाट समानुपातिक सूचीमा

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ८, मंगलबार १५:२८

सुर्खेत । नेपाली राजनीतिमा पछिल्लो समय देखिएको पुस्तान्तर र वैचारिक परिवर्तनको एउटा रोचक दृश्य कर्णाली प्रदेशमा देखिएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीका छोरा दिनेश बोगटी नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको प्रारम्भिक सूचीमा समावेश भएका छन् ।

रास्वपाले हालै आह्वान गरेको समानुपातिकतर्फको खुला मनोनयन दर्ता प्रक्रियामा कर्णालीबाट २१ जनाले आवेदन दिएका थिए। तीमध्ये बोगटी खस आर्य कोटाबाट प्रारम्भिक सूचीमा पर्न सफल भएका हुन् । यो घटना यसकारण पनि चर्चामा छ कि दिनेशका बुबा कालीबहादुर सहकारी आफैं पनि नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएका नेता हुन् । लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय सहकारी कुनै समय शेरबहादुर देउवा निकट मानिन्थे भने हाल उनी डा. शेखर कोइराला समूहमा आवद्ध छन् ।

पार्टीगत विरासत बलियो भएको यो परिवारमा दिनेशका काका मीनबहादुर बोगटी पनि नेपाली कांग्रेस कालीकोटका उपसभापति हुन्। परिवारका प्रभावशाली सदस्यहरू दशकौँदेखि कांग्रेसको नेतृत्व तहमा रहँदा दिनेशले भने वैकल्पिक राजनीतिको बाटो रोजेका छन् । विगत १० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका दिनेश केही दिनअघि मात्र नेपाल फर्किएर रास्वपाको राजनीतिमा सक्रिय भएका हुन्। एउटै घरभित्र बाबु र छोरा दुई फरक धारका पार्टीबाट समानुपातिक सूचीमा परेपछि यसले कर्णालीको राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.