झापामा नालीभित्र भेटियो मोटरसाइकल, चालक मृत फेला

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ९, बुधबार ०८:५६
फाइल फोटो ।

विराटनगर । झापामा एउटा मोटरसाइकल नालीभित्र भेटिएको छ । घटनास्थलमा चालक मृत फेला परेका छन् । घटना दमक नगरपालिका–७ लालीगुराँस टोलको हो ।

हनुमान मन्दिरबाट रतुवा पुलतर्फ जाँदै गरेजस्तो देखिने बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल पूर्वतर्फ पानी भएको ढलको नालीभित्र दुर्घटना भएको अवस्थामा बुधबार बिहान भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राई मृत फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भनेर यकिन छैन । इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्साल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.