रास्वपा कोशीका पूर्वसभापति तिम्सिनासहितका नेता उज्यालो नेपाल पार्टीमा

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १०, बिहीबार ११:११

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेशका निवर्तमान सभापति राजेश तिम्सिनासहितका प्रभावशाली नेताहरू कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।

आज (बिहीबार) विराटनगरमा आयोजित एक कार्यक्रमका बीच रास्वपा र अन्य दलका नेताहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका हुन् ।

उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नेहरूमा रास्वपा कोशी प्रदेशका संस्थापक सभापति तथा निर्वाचित निवर्तमान सभापति राजेश तिम्सिना रहेका छन् ।

त्यस्तै, रास्वपा कोशी प्रदेशका प्रवक्ता कमल बाबु मैनाली पनि सोही पार्टीमा प्रवेश गरेका छन् । मैनालीले अघिल्लो निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

यसैगरी, विवेकशील साझा पार्टीका पूर्व युवा संयोजक तथा अघिल्लो निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सरोज नेपाल पनि उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।

रास्वपाका मुख्य जिम्मेवारीमा रहेका नेताहरूसँगै प्रदेशस्तरीय नेता तथा कार्यकर्ताहरू पनि नयाँ पार्टीमा समाहित भएका छन् । लामो समयदेखि रास्वपामा असन्तुष्टि बढिरहेको चर्चाका बीच कोशी प्रदेशको नेतृत्व तह नै अर्को पार्टीमा प्रवेश गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.