विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा प्रहरीको कडाइ

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १०, बिहीबार १३:२२

धनकुटा । विद्यालय परिसर र क्यान्टिनहरूमा खुलेआम सुर्तीजन्य पदार्थको बिक्री–वितरण भइरहेको गुनासो आएपछि धनकुटा प्रहरीले सक्रियता बढाएको छ । विद्यार्थीहरूले नै यसबारे गुनासो गरेपछि प्रहरीले नियमन र नियन्त्रणमा कडाइ सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेसमक्ष विद्यार्थीहरूले मौखिक उजुरी गरेका थिए । गोकुण्डेश्वर बालमन्दिर विद्यालयका विद्यार्थीले विद्यालय हाता र क्यान्टिनमा सुर्तीजन्य पदार्थको पहुँच सहज भएको भन्दै प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

विद्यार्थीको गुनासो लगत्तै डीआईजी घिमिरेले शैक्षिक संस्था वरपर हुने अवैध बिक्री रोक्न र बालबालिकालाई यसको प्रयोगबाट जोगाउन धनकुटा प्रहरीलाई निर्देशन दिएका हुन् । डीआईजीको निर्देशनपछि धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले सदरमुकामका विद्यालयहरूमा अनुगमन थालिएको जानकारी दिए। प्रहरीले विद्यालय र क्यान्टिन सञ्चालकहरूलाई सुर्तीजन्य पदार्थ नबेच्न सचेत गराएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, पुस्तकालय, विमानस्थल र बालकल्याण गृह जस्ता सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री गर्न पाइँदैन । ऐनले १८ वर्ष नपुगेका किशोरकिशोरी र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बेच्न समेत निषेध गरेको छ । नियम उल्लंघन गरी सार्वजनिक स्थलमा सेवन गर्नेलाई तत्काल रोक्ने, नमानेमा बाहिर निकाल्ने वा एक सय रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.