जेनजीसँग बालेनको प्रस्ताव : ‘ पार्टी राजनीतिमा आए, अब सहकार्य गरौं’

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १०, बिहीबार १७:३१

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर स्वतन्त्र रुपमा जितेका बालेन्द्र शाह (बालेन)ले पार्टी राजनीतिमा आएको बताएका छन् । जेनजी पुस्ताका युवाहरुसँगको छलफलका क्रममा उनले आफू राजनीतिमा आएको बताउँदै सहकार्यका लागि जेनजी अगुवालाई आग्रह गरेका हुन् ।

बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भएको छलफलका क्रममा उनले सहकार्य गर्न प्रस्ताव गरे । जेनजी अगुवा रक्षा बमको नेतृत्वमा पुगेको टोलीसँग उनले कुराकानी गरेका थिए ।

जेनजी अगुवा युजनराज भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एकजुट भएर आउन पनि मेयर शाहले आग्रह गरेका छन् । ‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं भन्नु भएको छ,’ उनले भने,‘ सबै जेनजी एक भएर जानुपर्छ भन्नु भएको छ ।’

मेयर शाहले निरन्तर राजनीतिक संवादमा छन् ।

आजै उनले रास्वपा सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, ऊर्जामन्त्री कुलमान घिसिङलगायतसँग छलफल गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.