
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले फागुन २१ का लागि ताेकिएकाे निर्वाचन नलड्ने घाेषणा गरेका छन् ।
उनले आफू देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने बताउँदै आफू उम्मेदवार नबन्ने बताएका हुन् ।
बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी निर्वाचन नलड्ने घोषणा गरे । उनले बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिको यस्तो प्रवृत्ति भत्काउन जरुरी रहेको बताए । उनले लगातार तीन पटकसम्म उम्मेदवार बनिसकेकाले आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने पनि बताए ।
‘म लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ पार्टी बैठकमा उनले भने ।
























