भूराजनीतिक द्वन्द्वमा धकेल्ने षडयन्त्र भयो : पोखरेल

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १३, आइतबार १२:००

काठमाडौं । नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने षडयन्त्रको दोस्रो चरणको तयारी भइरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएपछि उनले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,‘भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो । अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ ।’

नयाँ शक्तिहरू एकीकृत हुँदै गर्दा एमाले महासचिव पोखरेलले पुराना शक्तिहरूबीच समेत एकताको आवश्यकता औंल्याएका छन् । उनले लेखेका छन्, ‘यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.