विराटनगरको रानीबाट ६ लाखसहित अरविन्द अग्रवाल पक्राउ

Share this
810shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १३, आइतबार १४:००

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित रानी–विराटनगर सडक खण्डबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित आइतबार बिहान १ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान करिब ११ः३० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको सेतो रङको कारमा हुण्डीको रकम कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा विराटनगर– ६ बस्ने ४९ वर्षीय अरविन्द अग्रवाल रहेका छन् । उनले कुदाएको कारमा स्रोत नखुलेको १ हजार दरका ४ सय थान (४ लाख), ५ सय दरका ३ सय ६० थान (१ लाख ८० हजार) र १ सय दरका २ सय थान (२० हजार) गरी जम्मा ६ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अग्रवाल, उनले प्रयोग गरेको कार र बरामद रकम इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.