
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहले एकताको सम्झौता गरेपछि कुलमान घिसिङ संरक्षक रहेकाे उज्यालो नेपाल पार्टीले डा बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एकता गर्ने भएकाे छ ।
ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र प्रलोपाबीच एकता हुने भएकाे हाे ।
दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफल भएपछि आइतबार साँझ ६ बजे शीर्षतहका नेतासहितको छलफल हुने उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले एकताको तयारी भएको बताए ।
यसअघि कुलमान नेतृत्व ऊज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको तयारीमा थियो । तर, अन्तिम समयमा बालेन मात्रै गएका थिए ।
























