
काठमाडौं । निर्वाचन आयोगमा सात दलले समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् । आयोगले दिएको पछिल्लो विवरण अनुसार ७ दलले समानुपातिक तर्फको बन्दसूची पेश गरेका हुन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।
नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), जसपा नेपाल र गतिशिल लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको छन् ।
























