
विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिएपनि हराउने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।
धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले लेखेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ ‘ जहाँबाट उम्मेद्वारी दिन्छन् त्यहीँ हामी हराउनेछौँ ।’
























