
विराटनगर ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा युवा तथा विद्यार्थी नेता अभिमन्यु यादवलाई समेटेको छ । पार्टीले मधेशी क्लस्टरअन्तर्गत यादवलाई उम्मेदवार बनाएको हो ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय यादव तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष हुन् । विराटनगरलाई कार्यथलो बनाएर राजनीति गरिरहेका यादव आफ्नो प्रखर वक्ता शैली र युवाहरू माझको बलियो पकडका कारण परिचित छन् ।
पार्टीभित्र बौद्धिक र जुझारु युवा नेताको पहिचान बनाएका यादवलाई मधेशी कोटाबाट समेट्नुले नेकपाले युवा र समावेशी नेतृत्वलाई प्राथमिकता दिएको सन्देश दिएको विश्लेषण गरिएको छ ।
विद्यार्थी आन्दोलनबाट स्थापित यादवको नाम बन्दसूचीमा परेपछि विराटनगरका युवा राजनीतिज्ञहरूले स्वागत गरेका छन् ।
यादवलेआफूलाई पार्टीले विश्वास गरेर समानुपातिक बन्द सूचीमा राखेकाेमा खुसी व्यक्त गर्दै निर्वाचित भए जनसरोकारका मुद्दा र युवाका आवाजलाई संसदसम्म पुर्याउने बताएका छन् ।
यस्तो छ सूची
खस आर्य ३२ जना
करुणा बस्नेत
उमा अधिकारी
सीता दाहाल
पञ्चा सिंह
निशा न्यौपाने
कमला नहर्की
गङ्गा खड्का बोगटी
निर्मला साउँद
दिलकुमारी पन्त
मञ्जु कोइराला
उषाकुमारी पोख्रेल
भगवती नेपाल
इन्दिरा ढुङ्गाना
जयानन्द कार्की रावल
ज्ञानु आचार्य
यमुना गुरागाईँ
सावित्री पोखरेल
प्रदेशकुमार हमाल
महेन्द्रबहादुर कार्की
प्रेम बयक
नहेन्द्र खड्का
जितेन्द्र दाहाल
सुजाता काफ्ले
डम्बरबहादुर क्षेत्री
विनोद कटुवाल
राममणी पोख्रेल
तीर्थबहादुर बुढा
विष्णु लम्साल
भिमबहादुर भण्डारी
कृष्णबहादुर बुढा
गोविन्दराज पौडेल
विष्णुप्रसाद खनाल
आदिवासी जनजाति ३३ जना
दिपक जंगम
भिमकुमारी बुढा
सोमती गुरुग
सर्मिली लामा
ममता राजबंशी
अञ्जिता श्रेष्ठ
विष्णुकुमारी थापामगर
मेनुका थुलुंग
सुनिता बुढामगर
निर्मला श्रेष्ठ
रामदेवी तामांग
सुनिता घले
सीता श्रेष्ठ
सोनम लामा शाक्य
नलिनि सि
सविता तामांग
जमुना गइजु
कल्पना लिम्बु
परशुराम तामांग
दिलिप प्रजापती
झक्कुप्रसाद घर्ती
कृष्णकुमार राई
वेखानसिंह तमु
पासांग शेर्पा
भरतकुमार श्रेष्ठ
वीरबहादुर बुढाथोकी
दंगध्वज खोयाहांग
शेरबहादुर तामांग
मंगलसिंह प्रजा
जेतबहादुर पुन
रुकुम पाख्रिन
रहलसिंह तामांग
डा पुष्पराज कर्णिकार
मधेशी १८ जना
तारा महतो
रामसखी देवी
सुनितादेवी यादव
पुर्णा बुढा झा
जयरानी सहनी
पुनम जैसवाल
संगीतादेवी यादव
सुधा सिं
कल्पनाकुमारी यादव
जगिकुमार बरबरिया यादव
सुरेन्द्रकुमार जयसवाल
घनश्यामप्रसाद रजक
किसुन मण्डल
श्रीप्रसाद साह
कमलराय यावद
छेदि रजक
अभिमन्यु यादव
अरविन्द दास
दलित १५ जना
गीता गहतराज
पार्वती विक
विनिता विक
रेखा राम
शारदा दमै
तारा विश्वकर्मा
सुमरियादेवी पासवान
कमला ज्ञवाली सिर्पाइली
गणेशबहादुर विश्वकर्मा
डा मित्र परियार
सरद रसाईली
शंकर दुलाल
ठाकुरकुमार विक
कृष्ण नेपाली
गोपाल परियार
थारु ७ जना
निराशा चौधरी
अञ्जु दहित
सस्मति चौधरी
उषाकुमारी चौधरी
भवनकुमार थारु
रामअवतार थारु
लक्ष्यबहादुर चौधरी
मुस्लिम ५ जना
केसर जहा भन्ने सकिना मुस्लिम
जरिना वेगम
जार्मिया खातुन
कमरुल नशा
ताज मोहम्मद मियाँ
























