
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन मंगलबार राति ढाका प्रस्थान गरेका छन् ।
मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी छन् । उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय छ ।

























