राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन कार्यालय स्थापना 

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १६, बुधबार १९:०४
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन कार्यालय स्थापना 

विराटनगर । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि विराटनगरमा बुधबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि विराटनगरमा रहेको जिल्ला निर्वाचन कार्यालय मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय उद्‌घाटन गर्दे जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले भयरहित, स्वच्छ, शान्तिपूर्ण रूपमा निर्वाचन गर्ने दायित्व सबैको भएकाले निर्वाचन सम्पन्न गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको बताए ।

उनले निर्वाचन आचार संहितामा रहेर अगाडि बढ्ने स्पष्ट पारे । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि महिला एक, एक दलित र  एक अन्य गरी ३ पदमा निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकृत तीर्थराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशमा पुस २३ गते उम्मेदवार मनोनयनको काम हुनेछ । कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य र २ सय ७४ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कूल ३ सय ६७ जना मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.