सुनसरी काण्ड: मृतकको घरनजिकै रगतको छिर्का, सशस्त्र प्रहरीको दाबीमाथि प्रश्न

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १७, बिहीबार ११:५३

विराटनगर । मध्यरातको करिब सवा १ बजे । सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साह आफ्नो सिटी सफारीमा भारतबाट ६–७ बोरा चिनी, सरफ र चकलेट लिएर घरतर्फ आउँदै थिए । घर नजिकै आइपुग्दा अचानक गोली चल्यो । सफारी चलाइरहेकै अवस्थामा साहको छातीमा सशस्त्र प्रहरीले चलाएको गोली लाग्यो र उनको घटनास्थलमै मृत्यु भयो ।

अहिले यो घटनाले सुनसरीको लौकही क्षेत्र रणमैदान बनेको छ । घटनालाई लिएर सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको दाबी पूर्ण रूपमा बाझिएको छ ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपाने यो घटनालाई ‘दोहोरो भिडन्त’को रूप दिन्छन्।  उनका अनुसार सामान तस्करी गरेर ल्याउँदै गरेको समूहलाई रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि फायर भएको थियो। ‘हामीले रोक्न खोज्दा रोकिएनन्, अगाडि भागेको गाडीबाट फायर भएपछि सशस्त्रले जवाफी फायरिङ गरेको हो,’ डीआईजी न्यौपानेले भने ।

स्थानीय बासिन्दा भने सशस्त्रको दाबीलाई स्विकार्न तयार छैनन् । उनीहरूका अनुसार यो दोहोरो भिडन्त नभएर सिधा हत्या हो । ‘प्रहरीले पैसा मागेको थियो, मागेजति पैसा दिन नसक्ने भएपछि गोली प्रहार गरियो,’ आक्रोशित एक स्थानीयले भने, ‘दुई गोली हानिएको छ, त्यहाँ कुनै झडप भएको थिएन ।’ घटनास्थलको प्रकृति र साहको सफारीमा भेटिएका सामान्य घरायसी सामग्री (चिनी, चकलेट) ले पनि प्रहरीको ‘ठुलो तस्कर समूह’ सँगको भिडन्तको दाबीमा प्रश्न उठाएको छ’।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले घटनास्थलबाट दुई राउण्ड गोलीका खोका फेला परेको पुष्टि गरेका छन्। मृतकको शरीरमा पनि दुई वटा गोलीका दाग देखिएका छन्। तर, दोहोरो भिडन्त भएको थियो वा थिएन भन्ने विषयमा नेपाल प्रहरी अझै निष्कर्षमा पुगिसकेको छैन। ‘भिडन्त भएको भन्ने कुरा छ, तर हामी अनुसन्धानकै क्रममा छौँ,’ डिएसपी खड्काले बताए।

घटनापछि आक्रोशित स्थानीयले बिहीबार बिहानैदेखि पूर्व-पश्चिम राजमार्गको लौकही खण्ड ठप्प पारेका छन् । साहले चलाएको सिटी सफारी र उनको शवलाई सडकमै राखेर दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी भइरहेको छ । प्रदर्शनका कारण सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन् भने लौकही क्षेत्र तनावग्रस्त बनेको छ ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.