‘कांग्रेसमा विशेष महाधिवेशनको विकल्प छैन’

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार ११:४५

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले अब पार्टीसँग योबाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पारेको छ । शुक्रबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले पार्टीलाई जोगाउन र कार्यकर्तामा नयाँ विश्वास जगाउन विशेष महाधिवेशन अनिवार्य भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेता सुवास पोखरेलले कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य बाटो नरहेको दाबी गरे । उनले यो माग केवल रहर नभएर महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार र विधानको बाध्यकारी व्यवस्था भएको उल्लेख गरे । पोखरेलले केन्द्रीय कार्यसमितिले नै अग्रसरता लिएर विशेष महाधिवेशन आह्वान गरोस् भन्ने आफूहरूको मुख्य माग रहेको जानकारी दिए ।

पार्टीभित्र एकता र विश्वास एकैपटक जगाउनका लागि विशेष महाधिवेशन नै उपयुक्त माध्यम हुने पोखरेलको भनाइ थियो । पछिल्लो समय पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या समाधान गर्न नेतृत्वले विशेष महाधिवेशनको बाटो खुला गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.