हवाई इन्धनको मूल्य घटेसँगै ‘फ्युल सरचार्ज’ कटौती, कुन रुटमा कति घट्यो?

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार १६:४६

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको छ। नेपाल आयल निगमले बुधबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ कटौती गरेपछि प्राधिकरणले शुक्रबार नयाँ सरचार्ज निर्धारण गरेको हो।

नयाँ व्यवस्था अनुसार ट्रंक रुटका लागि प्रतिमिनेट ६८.०९ रुपैयाँ र दुर्गम क्षेत्रका लागि प्रतिमिनेट ४८.६४ रुपैयाँ इन्धन शुल्क कायम गरिएको छ। यसले हवाई जहाजको अधिकतम भाडा दरमा केही कमी ल्याएको छ।

कुन रुटमा कति घट्यो? नयाँ भाडा दर अनुसार काठमाडौँबाट हुने उडानमा सबैभन्दा धेरै धनगढी रुटमा २६५ रुपैयाँले शुल्क घटेको छ भने सबैभन्दा कम सिमरा रुटमा ५५ रुपैयाँले घटेको छ। यस्तै अन्य प्रमुख रुट र क्षेत्रमा निम्न बमोजिम शुल्क समायोजन गरिएको छ:

माउन्टेन फ्लाइट: २१० रुपैयाँ

काठमाडौँ–जुम्ला: १९० रुपैयाँ

काठमाडौँ–जोमसोम: १२० रुपैयाँ

नेपालगन्ज–सिमिकोट: १२० रुपैयाँ

काठमाडौँ–लुक्ला: ८० रुपैयाँ

काठमाडौँ–फाप्लु: ७० रुपैयाँ

तत्काल भाडादरमा किन पर्दैन असर? प्राधिकरणले सरचार्ज घटाए पनि सर्वसाधारणले तिर्ने तत्कालको भाडा दरमा भने खासै ठूलो भिन्नता देखिने छैन। अहिले एयरलाइन्स कम्पनीहरूले लिँदै आएको बजार भाडा दर प्राधिकरणले तोकेको अधिकतम भाडा दरभन्दा निकै कम छ।

उदाहरणका लागि, काठमाडौँ–धनगढीको अधिकतम भाडा १७ हजार रुपैयाँभन्दा माथि तोकिएको भए पनि एयरलाइन्सहरूले प्रतिस्पर्धाका कारण अहिले करिब ८ हजार रुपैयाँ हाराहारीमा टिकट उपलब्ध गराइरहेका छन्। यद्यपि, हवाई चाप बढी हुने दशैँ–तिहार जस्ता समयमा भने यो समायोजनले भाडाको माथिल्लो सीमा (सिलिङ) नियन्त्रण गर्न सहयोग पुर्‍याउनेछ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.