भद्रपुर जहाज दुर्घटना: छानबिनका लागि उच्चस्तरीय टोली घटनास्थलमा

Share this
612shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १९, शनिबार १३:४५

विराटनगर ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्रलाल कर्णको नेतृत्वमा एक उच्चस्तरीय प्राविधिक टोली भद्रपुर विमानस्थल पुगेको छ। शुक्रबार काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा रनवेबाट बाहिर गएपछि उत्पन्न परिस्थितिको निरीक्षण र मर्मतका लागि यो टोली झापा पुगेको हो।

टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र बुद्ध एयरको प्राविधिक समूह समेत सहभागी छन्। उनीहरूले जहाजको प्राविधिक व्यवस्थापन र घटनाको सूक्ष्म अनुसन्धानका लागि आवश्यक उपकरणहरू समेत साथमै लगेका छन्।

उक्त उडान नम्बर ९०१ को जहाजमा सवार ५१ जना यात्रुमध्ये केहीलाई सामान्य चोटपटक लागेको थियो। घाइते यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेको बुद्ध एयरले जनाएको छ। कम्पनीले दुर्घटना लगत्तै उद्धारमा खटिने सुरक्षा निकाय र कर्मचारीहरूप्रति आभार प्रकट गर्दै छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.