इलाम-२ मा एमालेबाट सुहाङ नेम्बाङको नाम एकल सिफारिस

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १९, शनिबार १५:१८

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्बाङको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। एमाले इलाम जिल्ला कमिटीको बैठकले सुहाङको मात्र नाम केन्द्रमा पठाउने सर्वसम्मत निर्णय गरेको हो।

यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गरेका थिए। यो क्षेत्र नेकपा एमालेका तत्कालीन उपाध्यक्ष एवं पूर्वसभामुख दिवंगत सुवासचन्द्र नेम्वाङले लगातार चुनाव जित्दै आएको विरासत बोकेको क्षेत्र हो। सुहाङ उनैका कनिष्ठ पुत्र हुन्।

बुबाको निधनपछि रिक्त रहेको उक्त स्थानमा भएको यसअघिको उपनिर्वाचनमा सुहाङलाई नेकपा (माओवादी केन्द्र) लगायतका दलको समेत समर्थन थियो। यसपटक पनि एमालेले उनलाई नै एकल उम्मेदवार बनाएर आफ्नो विरासत जोगाउने रणनीति लिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.